साउन,२८-

पोखराका युवा साथीहरु मिलेर Mazzako Food एप पुनः सञ्चालनमा ल्याएका छन्। सन २०१७ मा स्थापना भएको यो एप केही कारणवश बन्द हुन पुगेको थियो। २०१७ मै राम्रो प्रतिक्रिया पाएको यस एपले डेलिभरी पार्टनरसँग राम्रो सहकार्य गर्न नसकेर बन्द हुन पुगेको एपका म्यानेजिङ डाईरेक्टर नबिन राज आचार्यले बताए।

Mazzako Food एपले होटेल/रेस्टुरेन्टबाट राम्रो र गुणस्तर खाना/खाजा घर तथा अफिस मा पुर्याउने काम गर्छ। यस एपको विशेषता भनेको यसको माध्यमबाट कृषकसँग भएको फलफूल तरकारी कुनै बिचौलिया बिनानै ग्राहकले पाउनेछन। जस्तो तपाईंलाई केही फलफूल चाहिएको छ भने यस एपबाटबाट ताजा फलफूल छोटो समयमै पाउन सक्नुहुनेछ।

Mazzako Food का सि.ई.ओ मनिष श्रेष्ठ भन्छन्, “गुणस्तर खाना ग्राहकलाई प्रदान गर्न हामीले धेरै अध्ययन र अभ्यास गरेका छौं। सर्वप्रथम हामीले खानाको स्वाद र सरसफाइलाई प्राथमिकता दिएका छौं। केही समयपछि खानाको ज्ञान भएको व्यक्तिलाई राखेर खानाको गुणस्तरीय पनि जाँच गर्नेछौं।

” हामी नेपाली भारतबाट निर्यात गरिएका विषालु तरकारी खाने गर्छौं जसले गर्दा हाम्रो स्वास्थ्यमा हानी गर्नुका साथै हाम्रो देशका फलफूल तरकारीले बजार पाउदैनन् र खेतबारीमै कुहिने गर्दछ्न। यस एपले कृषकको ताजा तरकारी ग्राहकमाझ पुर्याउने गर्छ। यसले गर्दा कृषकलाई राम्रो आम्दानी हुन्छ र ग्राहकले पनि ताजा तरकारी खान पाउँछन्। साथै यस एपले होटेलको सेल्स ग्रोथ गर्ने पनि मनिषले बताए।

पोखराबाट सुरु भएको यो एपले अब चाँडै काठमाडौ र प्रदेश नम्बर १ मा सेवा सुचारु गर्नेछ। साथै बाहिर देशमा भएका नेपाली रेस्टुरेन्ट मा पनि यो सेवा चाँडै नै लागू हुनेछ। विदेशमा नेपालीहरुले नेपाली रेस्टुरेन्टबाटै आफुलाई मनपरेको फुड सजिलै अडर गर्न सक्नेछन।

२०१७ को गल्ती नदोहोराउन रेष्टुरेन्ट र फुड सप्लायर्स सँग मिलेर राम्रो अध्ययन गरेको आचार्यले बताएका छन्। यस एपमा सबै रेस्टुरेन्ट र फुड सप्लायर्स आवद्ध छैनन्। गुणस्तरीय फुड दिने सप्लायर्सलाई मात्र यसमा समावेश गरेको उनले बताए।

एप डाउनलोड गर्नको लागि Mazzako Food

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्