असार,२१-

पछिल्लो २४ घण्टामा प्रदेश २ मा ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा १४ जना महिला र १०१ जना पुरुष गरी कुल ११५ जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा धनुषाका २७, महोत्तरीका १२, सिराहाका २३, सप्तरीका ३५, सर्लाहीका ६, रौतहटका ११ र पर्साका १ जना छन् । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ७ सय ८ पुगेको छ । मन्त्रालयका अनुसार अझै ३ हजार १ सय ३८ जनाको पीसीआर परीक्षणको नतिजा आउन बाँकी छ । ३ हजार ६४ जना संकास्पद संक्रमित प्रदेश २ का विभिन्न क्वारेन्टिनमा बसिरहेका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्