असार,१७-

प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी सामान्य परीक्षणका लागि प्रधानमन्त्री अस्पताल गएको बताए । मुटुसम्बन्धी सामान्य परीक्षण हो थापाले भने ।

मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएको छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री निवास फर्किएको जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि केन्द्र जानुभएकोमा अत्यावश्यक परीक्षण गरी निवास फर्किसक्नुभएको छ ।’

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्