बाँकेमा कार दुर्घटनामा परि आज २ जनाको मृत्यु

असार,९-

 बाँकेमा भएको कार दुर्घटनामा परि आज दिउँसो २ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ सिक्टामा पूर्ववाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रुखमा ठोक्किन पुग्दा २ जनाको मृत्यु भएको प्रहरीले  जनाएको छ । दुर्घटनामा चितवनको भरतपुुर महानगरपालिका वडा नं. १२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ८ का २२ व र्षीय क्षितिजराज कँुवरको मृत्यु भएको बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए । कारमा २ जना मात्रै सवार रहेको र अन्यको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्