असार,१८-

चर्चित मोडेल तथा गायक दुर्गेश थापाको “बिच बिचमा –२” बोलको गीत सार्वजनिक भएको छ । “बिच बिचमा” गीतले सर्वाधिक चर्चा बटुल्न सफल भएपछि, यो बर्ष “बिच बिचमा –२” दुर्गेश थापा युट्युब च्यानलबाट बिहीबार सार्वजनिक गरिएको छ । कोरोना महामारी र लकडाउनको बन्दा बन्दी अवस्थामा सावधानी अपनाउँदै भिडियो छायांकन गरेर दर्शकमाझ ल्याईएको हो । शिव विकको निर्देशनमा अर्जुन तिवारीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । भिडियोमा कलाकारहरु दुर्गेश थापा, जीवन शाहनी क्षेत्री, जिबी चिरन, सारिका केसी, दीपाशा बिसी, अस्मिता जुरेली, टीका जैशी, सबिता राई, इनि बिष्ट, शिल्पा खड्काको दमदार अभिनय रहेको छ ।


प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्