जेठ,३१-

बेलायतलाई उछिन्दै ब्राजिल कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्यामा विश्वकै दोस्रा देश बनेको छ । ब्राजिलमा हालसम्म ४१ हजार ८२८ जनाले ज्यान गुमाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबारसम्म देशमा संक्रमितको संख्या ८ लाख २८ हजार ८१० पुगेको जनाएको थियो । पछिल्लो २४ घण्टामा मात्र थप २५ हजार ९८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो भने थप ९०९ जनाले भाइरसको संक्रमणबाट ज्यान गुमाएका थिए ।

कोरोनाभाइरसलाई सामान्य फ्लु बताउँदै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले क्वारेन्टिनको नियमहरुलाई खुकुलो बनाउन सुरु गरिसकेका छन् । ब्राजिलको ठूलो संख्या भएको सहरहरुमा भाइरस संक्रमणको हटस्पटहरु भेटिएका छन् । ब्राजिलका अस्पतालको सघन कक्षहरु ८० प्रतिशतसम्म भरिएका छन् ।

स्रोत : रोयटर्स

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्