असार ,१-

भारत सबैभन्दा धेरै कोरोना संक्रमित भएको देशको चौथो नम्बरमा पुगेको छ । भारतमा अहिलेसम्म ३ लाख ३३ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन् । त्यहाँ मृत्यु भने ९ हजार ५ सय २० जनाको भएको छ भने १ लाख ६९ हजार ६८९ जना उपचार पछि निको भएका छन् । १ लाख ५३ हजार ७ ९९ जनाको उपचार भईरहको छ । उपचरा गराई रहेका मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भिर रहेको छ ।

भारतमा दैनिक संक्रमितको संख्या १२ हजार पुगेको छ । संक्रमितको संख्या दिनप्रतिदिन बढ्दा लकडाउन खुकुलो बनाइएको छ भने मानिसहरु भीड हुने क्षेत्र खुल्ला बनाइएको छ ।भारतभन्दा अगाडी पहिलो स्थानमा अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा रुस रहेका छन् । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २१ लाख ४२ हजार पुगेका छन् । अमेरिकामा मृत्युका हिसाबले पनि सबैभन्दा बढी रहेका छन् । त्यहाँ १ लाख १७ हजारभन्दा बढीको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्