मकवानपुरका थप एक जना सहित देशभर थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि

साउन्,३२-

मकवानपुरका थप एक जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालमा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।स्वास्थ्य मन्त्रालयले मकवानपुरको कुन स्थानीयतहका हुन भन्ने बारे कुनै पनि ठेगाना खुलाएको छैन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित संख्या अब २६ हजार ६६० पुगेको छ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्