साउन,९-

मकवानपुरको कैलाश गाउँपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । कैलाश गाउँपालिका वडा नं ८ मा ६ वर्षीया बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा १६ वर्षीय श्यामराज तामाङ पक्राउ परेका हुन् । गत ४ गते आइतबार तामाङले बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको खुलेको हो । बालिका बिरामी परेपछि घटना सार्वजनिक भएको हो । बलात्कार आरोपित श्यामराजलाई भार्ता प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको र अशक्त अबस्थामा रहेकी बालिकालाई पनि उद्धार गरी लगेको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताए ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्