मकवानपुरमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

भाद्र,३-

मकवानपुरमा आज थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २३ जना मध्यमा २० जना हेटौंडा उपमहानगरपालिका क्षेत्रका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । अरु तीन जना मात्र हेटौंडा बाहिरका संक्रमति रहेका छन् ।

हेटौंडाका वडा मध्य सबै भन्दा धेरै हेटौंडा–४ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१ का ४ जना, हेटौंडा–३ का ३ जना, हेटौंडा–५ का २ जना, हेटौंडा ७ का १ जना, हेटौंडा–९ का २ जना, हेटौंडा–१० जना र मकवानपुरको भीमफेदी गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । आज प्राप्त भएको रिपोर्ट वितेको साउन ३१ गते आइसोलेसनमा गरिएको स्वाब संकलन गरिएको रिपोर्टको नजिता हो ।

हेटौंडाको आइसोलेसनबाट प्राप्त रिपोर्ट:-

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्