मकवानपुरमा एकैदिन ३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौडामा रहेको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा थप तीन जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए । चौलागाईको अनुसार हेटौडा उपमहानगरपालिका वार्ड नं.०३ बसामाडीका ४७ बर्षिय पुरुष , छिमेकी जिल्ला रौतहट राजदेबी नगरपालिका वार्ड नं.८ ६० बर्षिय पुरुष वार्ड अध्यक्ष गरी दुई जनाकोसंक्रमण पुस्टि भएको हो । आज दिउँसो मात्रै मनहरी गाउँपालिका वडा नं.६ का ५० बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो । मनहरीका पुरुषलाई हेटौंडा– ४ कर्रा स्थित आईसोलेसन वार्डमा ल्याइएको छ भने दुई जनालाई ल्याउने तयारी भइरहेको चौलागाईले बताए ।

हालसम्म मकवानपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्थानिय तहको आधारमा हेर्ने हो भने हेटौंडा उपमहानगरपालिकामा सबै भन्दा बढी १४ जना, मनहरीमा १२, थाहानगरपालिकामा ७, भिमफेदीमा र बागमतीमा दुई दुई, बकैया, कैलाश,इन्द्रसरोबर, राक्सिराङका एकएक जनामा संक्रमण देखिएको चौलागाईले जानकारी दिए । मकवानपुरगढीमा भने अहिले सम्म एक जना पनि संक्रमित भएका छैन । हेटौंडामा रहेको आइसोलेसनमा हालसम्म २७ जना संक्रमितले सेवा लिएका मध्ये २४ जना उपचारपछि डिस्चार्ज भएका छन ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्