साउन,२१-

मकवानपुरमा आज पनि थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नंबर ९ की एक महिला र मकवानपुर गढी गाउँपालिका वडा नंबर ५ का एक पुरुषमा संक्रमण पुष्टि भएको कोरोना आईसोलेसन बार्डका प्रमुख भोला प्रसाद चौलागाईले जानकारी दिए । यो संगै मकवानपुरमा संक्रमितको संख्या ५१ पुगेको छ । हिजो मात्र मकवानपुरमा ३ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्