मकवानपुरमा स्थायी घर भएका दुईजनाको मृत्यु, मृत्युपछी कोरोना संक्रमण पुष्टि

भाद्र,३-

मकवानपुरमा स्थायी घर भएका कोरोना संक्रमणका आजै दुईजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ की कोरोना संक्रमित महिलाको भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा उपमहनागरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । यसअघि हेटौंडा १ जरुवा टोलका ६१ वर्षिय बृद्धको मृत्युपछी कोरोना संक्रमण पुष्टि भएको थियो । तर, गगएराती मृत्यु भएपछी आज प्राप्त कोरोना परिक्षण रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या भएर लामो समयदेखि उपचाररत ६१ वर्षीय वृद्धमा मृत्युपछि आज बिहान हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

६१ वर्षिय बृद्ध हेरपटाइटिस, प्रेसर लगायतका रोगबाट यसअघि देखिनै पीडित हुनुहुन्थ्यो ।सोमबार नै स्वाब नमूना सङ्कलन गरिए पनि गएराती निधन भएपछि मात्रै उहाँको स्वाबको नमूना आज बिहान परीक्षण गरिएको हो । स्वाब नमूनाको चापका कारण तत्काल परीक्षण गर्न सक्ने अवस्था छैन । मृतक वृद्धमा कसरी सङ्क्रमण भयो भन्ने विषयमा आवश्यक जानकारी लिन बाँकी नै रहेको चौलागाईले बताउनुभएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्