मकवानपुरमा १० प्रहरीसहित ३७ जनामा कोरोना संक्रमण

साउन,२९-

मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए । संक्रमितहरुमध्ये १८ जना हेटौंडा उपमहानगरपालिकाका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ का ७ जना, वडा नं. ५ का ४ जना, वडा नं. ४ का ४ जना छन् । यसैगरी हेटौंडा उपमहानगरपालिकाका २, १० र १३ नम्बर वडामा १–१ जना संक्रमित फेला परेका छन् । यसैगरी भिमफेदी गाउँपालिकाका ३, थाहा नगरपालिकाका २, बकैया गाउँपालिकाका २ तथा चितवन र काठमाडौंका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ । नेपाल प्रहरीका १० जना पनि संक्रमित भएका छन् ।

आज पुष्टि भएकाहरुको विवरण-
प्रहरी :१० जना
भीमफेदी गाउँपालिका :३ जना
बकैया गाउँपालिका :२ जना
थाहा नगरपालिका :२ जना
चितवन भै हैटौँडा बस्ने :१
काठमाण्डौ भै हेटौँडा बस्ने :१
हेटौँडा उपमहानगरपालिका वडा नंबर ९ :७ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ :४ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ :४ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर २ :१ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १० :१ जना
हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ :१ जना

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्