मकवानपुर उद्योग वाणिज्य संघको भवनमा र पल्पसा परिसरमा रहेको पसलको एक महिनाको भाडा छुट

असार,१८-

मकवानपुर उद्योग वाणिज्य संघले एक महिनाको पसल भाडा छुट गर्ने घोषणा गरेको छ । नेपाल सरकारद्धारा कोरोनाबाट बच्नको लागि नागरिकलाई सुरक्षित राख्न गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गर्दा उद्योग व्यवसाय क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको अवस्थामा संघले संघको भवनमा र पल्पसा परिसरमा रहेको कुल २६ वटा पसल व्यवसायको एक महिनाको पसल भाडा छुट गरिएको जनाएको छ ।

लकडाउनको कारण सिर्जित उद्योगी/व्यवसायीहरुको समयस्याहरुलाई उचित रुपमा समाधान गर्न विभिन्न उपायहरु प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मार्फत वा सिधै नेपाल सरकारका जिम्मेवार निकायहरुमा पनि प्रक्रियागत रुपमा अनुरोध गरिरहेको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । लकडाउन लगायत विभिन्न हिसाबले संघको आयश्रोतमा परिरहेको असरको बाबजुद पनि यो छुटको व्यवस्था गरिएको संघका अध्यक्ष कटुवालले बताएका छन्, ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्