माफ गर्नु, मैले मेरो, जात बिर्सिए | गजल

गजल
माफ गर्नु, मैले  मेरो,  जात  बिर्सिए ।
तिमी धनी, म गरिब, औकात बिर्सिए ।

सारा खुशी, अन्जुलीमा, दिन खोज्दा, तिम्लाई ।
रेखाविहिन,   मेरो,   यि    दुई,  हात   बिर्सिए  ।

तिमीलाई, पाउने आखाभरी, सपना सजाउँदा ।
निर्दय  त्यो,  मान्छेको,  जमात बिर्सिए ।

यो जुनीमा, यस्तै भयो, अर्काे जुनी, सम्झदै ।
औसीको    त्यो,   अध्यारो,  रात     बिर्सिए ।

काटे, रगत, सबैको, रातै, हुन्छ हैन र ?
सोध्नै    पर्ने,  यहि एउटा, बात बिर्सिए ।                           

– सुबास “सजल” 
-सिर्जना मन्च अन्लाईन बाट सभार

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्