असार,२-

रौतहटका १३७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

रौतहटको परोहा नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा बसेका ६१ जना र राजपुर नगरपालिकाले स्थापना गरेको आइसोलेसनमा बसेका ७६ जना संक्रमित डिस्चार्ज भएका हुन् । उनीहरुको पीसीआर परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । यसअघि रौतहटको गरुडा नगरपालिकामा रहेको प्रहरी विद्यालयको आइसोलेसनबाट ११० संक्रमित निको भएर घर फर्किएका थिए । रौतहटमा हालसम्म २४७ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्