असार, ३-

लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फेर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । उनी पहिले नै बढ्दो तौलका कारण तनावमा थिए तर चीनमा निकै कडा रुपमा लागू गरिएको लकडाउनको क्रममा उनको तौल तीब्र रुपमा बढ्दै गयो ।

लकडाउनमा धेरैजनाको तौल बढिरहेको सुन्ने र देख्ने गरेका छौं तर कोरोनाको उत्पत्ति स्थल ऊहानको यो घटना भने असाधारण छ । यहाँ पाँच महिनाको लकडाउनका बेला २६ वर्षका झाउको तौल १ सय १ किलो बढेको छ । अत्यधिक तौल बढेका कारण उनलाई सास फर्न समस्या भयो । झाउ एक साइबर क्याफेमा काम गर्छन् । उनी पहिले नै बढ्दो तौलका कारण तनावमा थिए तर चीनमा निकै कडा रुपमा लागू गरिएको लकडाउनको क्रममा उनको तौल तीब्र रुपमा बढ्दै गयो ।

४८ घण्टासम्म निद्रा लागेनः

ऊहान युनिभर्सिटीको झान्गनेन अस्पतालमा झाउको उपचारमा संलग्न डाक्टरले आफूलाई ३१ मे मा बिरामीको फोन आएको र उनलाई ४८ घण्टादेखि निद्रा नलागेको जानकारी दिएको बताए । उनका अनुसार बिरामीलाई सास फेर्न गाह्रो भइरहेको थियो र निकै मुश्किलले कुरा गरिरहेका थिए । त्यसको भोलिपल्ट स्वास्थ्यकर्मीको टोली उनको घर पुगेको डाक्टरले जानकारी दिए ।

१० व्यक्तिको सहयोगमा अस्पताल पुर्याइयोः

झाउललाई ६ सुरक्षाकर्मी र ४ स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल पुर्याइएको हो । परीक्षणपश्चात् उनको ‘हार्ट फेल्योर र रेस्टिरेटरी डिसफङ्सन’ भएको पत्ता लाग्यो । चिनियाँ मिडियाका अनुसार ९ दिनसम्म २४ घण्टा स्वास्थ्यकर्मीको हेरविचारमा अब झाउको स्थिती सुधारोन्मुख छ ।

शल्यक्रियापश्चात् सुध्रियो स्थितीः

तौल कम गर्नका लागि झाउको शल्यक्रिया भएको छ । शल्यक्रियाको क्रममा एउटा हिस्सा हटाइएको छ । डाक्टरका अनुसार अबको तीन महिनामा झाउले २४ किलो तौल घटाउनु पर्नेछ । यसमार्फत् शल्यक्रियाको खतरा घट्ने गर्छ ।

स्रोतः रिपब्लिक वर्ल्ड

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्