साउन,२१-

कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको बेला हेटौंडामा बसेको कमाण्ड पोष्ठ बैठकले विभिन्न निर्णय गरेको छ । मकवानपुरको हेटौंडा, मनहरी थाहानगर लगायत अन्य स्थानमा सञ्चालनमा आएका व्युटीपार्लर, सैलुन, होटल तथा रेष्टुरेन्ट बुधबारबाट बन्द गर्ने निर्णय गरेको छ । छिमेकी जिल्ला बारा पर्सामा निषेधाज्ञा जारी रहदाँ मकवानपुर जिल्ला पनि कोरोना जोखिम रहेकाले बैठक बसी रातोमाटे नाका जुन तराइबाट प्रवेश गर्ने नाकाको रुपमा रहेको छ त्यसलाई कडाई गरिने, व्युटीपार्लर, सैलुन, होटल तथा रेष्टुरेन्ट आजैबाट बन्द गरिने निर्णय गरीएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताएका छन्, । त्यस्तै टिसिएन रोडमा रहेको सिता भवन शिल गरिएको, ढुवानी साधनमा पनि चालक र सहचालक बाहेक अन्य यात्रुहरु ओसार पसार गर्न नपाईने, हेल्थ क्लब र जुम्बालाई पूर्णरुपमा बन्द गरिने समेत बताएका छन्, । उनले पैदल यात्रुहरुलाई पनि मास्क नलगाएको अवस्थामा एक सय जरिवाना गरिनेछ बताएका छन्, ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्