भाद्र,७-
कोरोना संक्रमणबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।शनिबार हेटौंडा उपमहानरपालिका वडा नंबर ३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भए संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो । उनि उपचारको लागि गत साउन ३२ गते चितवन मेडिकल कजेल भर्ना भएकी थिईन् ।शनिबार राति ७ बजेर २६ मिनेटमा उनको ज्यान गएको भरतपुर अस्पतालले जानकारी गराएको छ । यसअघि कोरोनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानरपालिका वडा नंबर १,४ र १९ का एक/एक जना रहेका थिए ।