साउन,९- 

हेटौँडा उपमहानगरपालिका वडा नंबर २ संगमचोकमा प्रहरीलाई घुस दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । अबैध रुपमा बालुवा ओसारिरहेको ट्रयाक्टरलाई जाँच गर्ने क्रममा छाडिदिन आग्रह गरि पैसा दिन थालेपछि ति ब्यक्ति पक्राउ परेको वडा प्रहरी कार्यलय हेटौँडाका प्रहरी निरिक्षक इश्वरी भण्डारीले बताए । बिहीबार राति हेटौँडा २ संगम चोकमा अवैध रुपमा बालुवा बोकेर आएको ना ६ त ८५८६ नम्बरको ट्याक्टरलाई रोकि चेकजाँच गर्दा ट्याक्टर छोड्नु पर्यो भन्दै चेकिङ्ग टोलीलाई घुस दिन खोज्ने ट्याक्टर साहु हेटौँडा १ का संजय लामालाई घुस रकम सहित नियन्त्रणमा लिएको भण्डारीको भनाई रहेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्