सरकार चोक्टामा जनताको झोलमा छ जिन्दगी।
कसैको औषधिमा कसैको खोलमा छ जिन्दगी।

जिवन गुजार्ने बहानामा सन्तान मुग्लान पठाए।
छोरो बाकसमा आमाको पोलमा छ जिन्दगी।

खरानी बनाईदिए दर्जनौं लाई एकै चिहान मा।
कोहि सुनौलो कोही कौडिको मोलमा छ जिन्दगी।

आयो हाल्लाई दियो र उडाई लग्यो सारा बस्ती।
महाजन महलमा निमुखाको कबोलमा छ जिन्दगी।


✍ विवश चौलागाईं
मकवानपुर,हेटौंडा

-सिर्जना मन्च अन्लाईन बाट सभार

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्