भाद्र,१५-

मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रमा गत साउन २६ गतेबाट लागु भएको निषेधज्ञा भोली भदौ १६ गतेबाट हटाउने निर्णय भएको छ ।
आज हेटौँडाको जिल्ला प्रशासन कार्यलयमा भएको बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको हो । बैठकले निषेधज्ञा हटाउने निर्णय गरेको भएपनि बजार सञ्चालन भने बिहान १० बजेसम्म मात्र गर्न दिने निर्णय गरेको छ । यो निर्णय भदौ २५ सम्म लागु हुनेछ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बैंकहरुको हकमा भने विहान १० बजेबाट दिउँस ३ बजेसम्म सञ्चालन गर्न दिईने निर्णय भएको बताउनु भयो ।

बिहान बजार सञ्चालन भएपनि सबारीसाधन भने रोक लगाईएको छ । दिउँस १० बजेबाट भने टिफर सञ्चालन गर्न पाईने छ भने लोड सबारीहरु साँझ सातबजेपछि मात्र सञ्चालन हुनेछन् । उद्योगको हकमा भने मजदुरलाई क्वारेन्टिनको ब्यवस्थापन गरेर मात्र सञ्चालनमा आउनुपर्नेछ । सार्वजनिक यातायात भने सञ्चालनमा पूर्ण रोक लगाईएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्