असार,१३-

सामसुङ ‘एस२० अल्ट्रा’ फोन नेपाली बजारमा आउने भएको छ। यो एस सिरिजअन्तर्गतको फ्ल्यागसिप फोन हो। उक्त फोनमा १६ जिबी र्याम जडान गरिएको छ। यस फोनमा प्रयोगकर्ताले विभिन्न एप एकै पटक चलाउन सक्छन्। यसफोनको मुख्य विशेषता भनेको यसको क्यामेरा हो। यसमा १ सय ८ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ। साथै स्पेस जुम जडित यसफोनमा यसको सहायताबाट प्रयोगकर्ताले टाढाको वस्तुको पनि उत्कृष्ट फोटो लिन सक्नेछन्। यसमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा जडान गरिएको छ। यसमा आइएसओसेल ब्राइट एचएम सेन्सर जडान गरिएको छ। यस फोनबाट ८के भिडियो खिच्न सकिन्छ। विश्व बजारमा केही महिनायता भित्रिएपनि नेपाली बजारमा भने बन्दाबन्दी कारण ल्याउन नसकिएको कम्पनीले बताएको छ।
नेपाली बजारमा यस स्मार्टफोनको मूल्य डेढ लाख नजिक हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्