असार,१०-

स्पेनीस ला लिगामा बार्सिलोना फेरि शीर्ष स्थान कायम गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्बाओलाई १–० ले हराएर शीर्ष स्थानमा फर्किएको हो । बार्सिलोनाको जितमा खेलको ७१ औं मिनेटमा इभान राकिटिचले गोल गरे । जितपछि बार्सिलोनाले तीन अंक जोड्यो । बार्सिलोनाले दोस्रो स्थानको रियलसँग तीन अंकका अग्रता बनाएको छ । ३१ खेलमा बार्सिलोनाको ६८ अंक छ भने एक खेल कम खेलेको रियलको ६५ अंक छ । ला लिगामा एट्लेटिको मड्रिडले लेभान्टेलाई एक शून्यले हराएको छ भने अर्को खेलमा भालाडोलिड र गेटाफेले बराबरी खेलेका छन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्