भाद्र,१३-

मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ४ सय ९१ जना पुगेको छ । हेटौंडाको समुदाय स्तरमानै कोरोना संक्रमित देखिएका छन् । हेटौंडाका साविकका ११ वटा वडामा सबै भन्दा धेरै कोरोना संक्रमित देखा पर्न थालेका छन् । त्यसैले वेलैमा सावधानी अपनाउनका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले आग्रह गर्नुभएको छ । हेटौंडा वडा ४ का टोल टोलमा कोरोना संक्रमित देखा परेका छन् । बिशेषगरी हेटौंडा बजार क्षेत्रमा कोरोना संक्रमित देखा परेको र सावधानी अपनाउन मेयर महतले आग्रह गर्नुभयो । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ४ सय ९१ जना पुगेको हो ।यो तथ्याङक मकवानपुरमा सुरुवात देखि हाल सम्मको हो ।

हिजो एकै दिन हेटौंडा, काठमाण्डौको टेकु, धुलीखेल, चितवन लगायतका अस्पतालमा गरी मकवानपुरका ६२ जनामा कोरोना संक्रमण देखापरेको उहाँले वताउनुभयो ।दोश्रो चरणमा देखा परेका कोरोना संक्रमित अधिकांश स्थानीय क्षेत्रमानै रहेकाहरु छन् । यस भन्दा पहिले सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका थिए। तर, अहिले भने स्थानीय नागरिकमानै कोरोना संक्रमण देखा परेको छ ।मकवानपुर जिल्लामा स्थायी घर भएकाहरु मात्र परिक्षणको क्रममा ४ सय ९१ जना पुगेका हुन् । यो तथ्याङ्कमा मकवानपुरमा अस्थायी वसोवास गर्ने र कामको शिलशिलामा मकवानपुर रहेकाहरुको तथ्याङक समावेस गरिएको छैन । मकवानपुर स्थायी घर भएका तर, काठमाण्डौ लगायतका जिल्लामा परिक्षण गरेर पोजेटिभ देखिएकाहरुको रिपोर्ट भने समावेस गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।अहिले हेटौंडा उपमहानगरपालिका र स्थानीय गाउँपालिकामा कोरोना संक्रमि धेरै वढेका छन् । यसअघि भने भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको थियो। मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा कोरोना संक्रमित देखापरेका छन् ।

मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् ।पछील्लो समय समुदायमा देखिएको कोरोना संक्रमण कहाँबाट कसले सारेको हुनसक्ने भन्नेमा स्वास्थ्यकर्मी पनि अनविज्ञ रहेका छन् । पछील्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् । तर, यसमा सावधानी भने नागरिकले त्यती अपनाएका छैनन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्