असार,२४-

हेटौंडामा जोरबिजोर प्रणाली नमान्ने ४० सवारी चालकलाई कागज गराईएको छ ।कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लागू गरेको जोरबिजोर प्रणालीको अटेर गरि सवारी चलाउने चालकलाई ट्राफिकले कागज गराएको हो । जोरबिजोर प्रणालीको पालना नगर्ने ३५ मोटरसाइकल, ३ जिप, कार र २ अटो गरी जम्मा ४० वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई नियम पालना गरेर मात्र चलाउने कागज गरि पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।त्यस्तै, प्रहरीले लकडाउनको समयमा मास्क प्रयोग नगरी हिडडुल गर्ने ४० जना सर्वसाधारणहरूलाई मास्क लगाउन अनुरोध गर्दै सम्झाएर पठाएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्