हेटौंडामा थप चार जनामा कोरोना संक्रमण पुष्टि(विवरण सहित)

साउन,३०- 

किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा हेटौडा उपमहानगरपालिकाका तीन र एक पुरुष गरी चार जनामा कोरोना पोजेटिभ देखिएको हेटौंडा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिए ।

चौलागाईका अनुसार हेटौडा उपमहानगरपालिका वडा नं.५ की ३१ बर्षिया महिला र २८ वर्षीय पुरुष, हेटौंडा–१० की ३२ बर्षिया महिला र हेटौंडा–६ की ४९ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि भएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र हेटौंडा– ४ कर्रा स्थित आईसोलेसन वार्डमा ल्याउने तयारि भइरहेको चौलागाईले बताए।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्