साउन,९-

पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८/८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४/४ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २/२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । उनीहरुमध्ये ९४७ जना निको भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्