साउन,२९-

पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । राति भएको खेलमा एटलान्टालाई २-१ ले हराउँदै पीएसजी अन्तिम चारमा प्रवेश गरेको हो । एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाए पनि हार टार्न सकेन ।  खेलको ९० र थप गरिएको ३ मिनेटमा पीएसजीका मार्किन्होस र चाउपो मोटिङले गोल गरेर खेल आफ्नो पक्षमा पारे ।  योसँगै पीएसजी २५ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्