जेठ,३०-

बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमा गराउनेको संख्या शुक्रबारसम्म ४ लाख २५ हजार ३२२ पुगेको छ । निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीका अनुसार कोरोना बिमा वापत करिब २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको छ । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै बिमासम्बन्धी नयाँ योजना ल्याएको थियो ।

बिमा चलिरहेको समयमा बिमा कम्पनीहरुको आग्रहमा यो योजना एक दिन बन्द भए पनि पछि फेरि नियमित गरिएको थियो । हालसम्म बिमा कम्पनीले एक जनाको दावी भुक्तानी गरिसकेका छन् । कोभिड–१९ बिमा गराएका कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीमा कोरोना पोजिटिभ देखिए पछि नेको इन्स्योरेन्सले उनलाई एक लाख रुपैयाँ भुक्तानी दिएको हो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था गरेको छ ।

परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा रकम बिमांक रकम पाउनेछन् ।

प्रतिक्रिया

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्